नियम ५२
अध्ययन अनुसन्धान गराउन सक्ने
(१) अदालतले सार्वजनिक हक वा सरोकारको विवाद निरुपण गर्नु पूर्व निवेदनमा उठाएको विषयसँग सम्बन्धित विशेषज्ञ मार्फत वा त्यस्तो विशेषज्ञ समेत संलग्न रहेको समिति गठन गरी वा अदालतका कर्मचारीबाट आवश्यक अध्ययन अनुसन्धान गराउन आदेश दिन वा स्थलगत निरीक्षण वा आवश्यक देखेको अन्य उपयुक्त कार्य गर्न वा गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम आदेश दिँदा सो अध्ययन अनुसन्धान गराउँदा आवश्यक पर्ने खर्च नेपाल सरकार वा सो विषयसँग सम्बन्धित निकायले बेहोर्ने गरी आदेश दिन सक्नेछ ।